१८ माघ, पोखरा । पोखरामा जारी आहारारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई २(१ ले हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ ।
खेलमा आर्मीलाई जिताउन रसबहादुर मगरले ९९ औं मिनेटमा गोल गरेका थिए ।
यसअघि दुवै टिमबाट १–१ गोल भएपछि खेल अतिरिक्त समयमा थकेलिएको थियो ।
६१ औं मिनेटमा दिनेश हेम्जनले गोल गर्दै आर्मीलाई अग्रता दिलाए पनि चर्च ब्वाइजका समिर तामाङले ८५ औं मिनेटमा गोल फर्काएका थिए ।
अब आर्मीले फाइनलमा थ्री स्टार क्लबसँग उपाधिका लागि भिड्ने छ ।