Breaking News

२३औं आहा रारा पोखरा गोल्डकप फुटबलको उद्घाटन खेलमा आयोजक सहारा क्लब र थ्रीस्टार क्लब क्लब भिड्ने

६ माघ, काठमाडौं । २३औं आहा रारा पोखरा गोल्डकप फुटबलको उद्घाटन खेलमा आयोजक सहारा क्लब र थ्रीस्टार क्लब क्लब भिड्ने भएका छन् ।

आयोजकले हिजो शुक्रबार सार्वजनिक गरेको खेलतालिका अनुसार ९ माघमा पोखरा रंगशालमा सहारा र थ्रीस्टारबीच पहिलो खेल हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ ।

प्रतियोगिता खेल्न यसअघि भारतको दिल्ली दिल्ली एफसी आउने भनिनएपनि अन्तिम समयमा नआउने भएको छ । उसको सट्टा नेपालकै विभागीय टोली एपीएफले भाग लिने भएको छ ।

भुटानको लिग च्याम्पियन पारो एफसी प्रतियोगिताको एक मात्र विदेशी टिम हुनेछ । प्रतियोगितामा कूल १२ टोलीको सहभागिता रहने छ ।

नकआउट फर्म्याटमा हुने प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ ।