वीरेन्द्रनगर सिटी बसपार्कमा टिकट काट्ने विषयमा दुई यातायात प्रालिका कर्मचारीबीच झडप

६ माघ, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर सिटी बसपार्कमा टिकट काट्ने विषयमा दुई यातायात प्रालिका कर्मचारीबीच झडप भएको छ ।

झड्पमा एकजना यातायात व्यवसायी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । वीरेन्द्रनगरमा भखरै सञ्चालनमा आएको ‘भिजिट कर्णाली यातायात’ प्रालिका कर्मचारीमाथि शनिबार बिहान संयुक्त यातायात व्यवसायीमा आवद्ध केही व्यक्तिहरुले हातपा

बुलबुले गेट नजिकै रहेको काउन्टरमा टिकट काटिरहेका बेला हातपात भएको भिजिट कर्णाली यातायातले जनाएको छ ।त्यसपछि दुई समूहबीच झडप भएको थियो ।

सुर्खेतमा सञ्चालित दर्जन बढी पुराना यातायत व्यवसायीहरुले संयुक्त यातायत व्यवसायी नाममा एलायन्स बनाएका छन् ।

‘हामीले कसैलाई घोचपेच गरेका छैनौं । आफ्नै तरिकाले काम गरिरहेका छौं । कुनै कारणविना एक्कासी आएर हाम्रा कर्मचारीमाथी हातपात गरियो,’ भिजिट कर्णाली यातायातका प्रकाश खड्का भन्छन्, ‘यी पुराना व्यवसायीहरु संयुक्त यातायातका नाममा सिन्डिकेट लगाएका छन् । नयाँ आउँने प्रतिस्प्रधी व्यवसायीहरुमा चौतफी प्रहार गर्दै आएका छन् ।’

दुई समूहको झड्पपछि रत्न राजमार्गमा चल्ने साना तथा ठूला सवारीसाधन ठप्प भएका छन् ।

घटनास्थलमा ठूलो संख्यामा प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता कृष्णबहादुर खड्काले जानकारी दिए । ‘घटनास्थलमा ठुलो मात्रामा प्रहरी परिचालन गरेका छौं । दुई समूहलाई एक ठाउँमा राखेर विवाद समाधानको प्रयास भै रहेको छ ।