भेन्टिलेटरमा उपचार गराइरहेका गुल्मीका एक कोरोना संक्रमितको मृत्यु, प्रदेश सामाजिक मन्त्रालयको चिट्ठी सहित

८ जेठ, बुटवल । रुपन्देहीको मणिग्राम अस्पतालमा उपचाररत कोरोना संक्रमित मदाने गाउँपालिका.–६ ४१ बर्षीय शिक्षक निधन भएको छ । उनी बिरामी भएपछि अर्घाखाँचीको एक मेडिकलमा चेकजाँचपछि रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा ल्याइएको थियो । उनको स्वास्थ्य अवस्था नाजुक भएका कारण अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । गत जेठ १ गते उनी अस्पतालमा भर्ना भएका थिए भने २ गते उनको स्वाब परीक्षणमा कोरोना संक्रमण देखिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाले पुष्टि गरेको थियो ।

उनको अस्पतालको भेन्टिलेटरमा उपचार कै क्रममा आज बिहान बिहीबार निधन भएको जानकारी प्रदेशका ५ को सामाजिक विकास मन्त्रालयले एक शोक व्यक्तव्य जारी गर्दै जनाएको छ ।

प्रदेश ५ सामाजिक विकास मन्त्री सुर्दशन बरालद्धारा हस्ताक्षर सोक वक्तव्यमा भनिएकोछ , कंङ्गे देउराली आधारभूत मा.बि. का प्रधानध्यापक समेत रहनु भएका उनको मृत्युले शिक्षा क्षेत्रमा अतुलनीय क्षति भएको र यस दुखत घटीमा हार्दिक श्रद्धान्जली र सन्तव्द परिवारप्रति समवेदना समेत भनिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या ३ पुगेको छ ।