आफ्नै छोराहरुद्धारा बाबुको हत्या

८ जेठ, विराटनगर । कोरोना लकडाउन सँगै आत्महत्या, हत्या जस्ता जघन्य अपराध घट्ने क्रमसँगै आफ्नै छोराहरुले बाबुको हत्या गरेर आफ्नै घरभित्र खाल्डो खनेर गाडेका थिए । पछि प्रहरीको जाहेरी पछि खोज्ने क्रममा हत्या अभियोगमा उनका दुई छोरा जेठा र माइला छोरा संलग्न भएको बताउँदै प्रहरीले पक्राउ गरेको छ ।

बुधबार साँझ घरमा उत्खनन गर्दा सत्यनारायणको शव भेटेको प्रहरीले हत्या आरोपमा दुई छोरालाई नियन्त्रणमा लिएको हो ।

चौहानमा तीन जना छोरा छन् । जेठा र माइला छोरा उनीसँग घरमा बस्थे । कान्छा छोरा भने विराटनगर बजारमा बस्थे । कान्छा छोराले पाँच दिनयता सम्पर्क गर्न खोज्दा बुबासँग सम्पर्क नभएपछि बुधबार उनी घर पुगेका थिए ।

घरभित्रै खाल्टो खनेको देखिएपछि उनले प्रहरीलाई खबर गरेका थिए । बुधबार साँझ पुगेको प्रहरीले शव उत्खनन गरी दुई छोरालाई नियन्त्रणमा लिएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा पैसाको विवादमा पाँच दिन अघि हत्या भएको प्रहरीले बताएको छ ।