काठमाडौं । पार्टी निकट विद्यार्थी विशेष कमिटीको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीको मति अझै नसुध्रिएको टिप्पणी गरेका छन् ।
ओलीको मति अझै सुध्रिएको छैन रहेछ । राष्ट्रियसभा चुनावको बेलामा प्रचण्डकहाँ गएर हामीलाई ६ सीट दिनुस्, कांग्रेसलाई १३ सीट दिनुस् तपाई ५ सीट लिनुस् भनेछन् । एकीकृत सुमाजवादीलाई जिरो सीट दिने रे ।
ओलीको मति नसप्रेकाले कम्युसनिष्टहरु एक हुने अवस्था नरहेको बताए । अझैपनि उनको मति सप्रेको छैन । त्यसो हुनाले सबै कम्युनिस्ट मिलुन् भनेर चाहाना राखेरमात्र हुँदैन । मति पनि सप्रेको हुनुप¥यो । मति नै सप्रेको छैन भने केही गर्न सकिँदैन । गलत प्रवृत्ति बोकेकासँग आफूहरू जुध्दै देश र जनतालाई केन्द्र विन्दुमा राखेर पार्टीलाई अघि बढाउने बताए ।
वर्तमान सरकारका कामका बारेमा अनेकौँ गुनासा आइरहेकाले आफूहरूले पटकपटक ध्यानाकर्षपत्र बुझाएको भन्दै व्याप्त संकटको समाधानको सूत्र समेत जानकारी गराएको उनको भनाई थियो ।