काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा।गोविन्द केसीसहित केही व्यक्तिलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको छ ।
मङ्गलवार दिउँसो डा. गोविन्द केसी र अर्का अभियन्ता पवन थापालाई प्रहरीले माइतीघर मण्डलबाट पक्राउ गरेको हो । अहिले उनीहरुलाई प्रहरीले सिंहदरबारमा राखेको छ ।
स्वास्थ्य शिक्षामा सुधार तथा पहुँचको माग राख्दै लामो समयदेखि अनशन तथा प्रदर्शन गर्दै आएका डा।केसीलाई प्रहरीले भने निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि पक्राउ गरेको हो ।
डा. केसीले माइतीघरलाई निषेधित क्षेत्र बनाउन नहुने, नागरिकले आफ्नो समस्या भन्न र सुनाउन पाउनु पर्ने माग सहित प्रदर्शन गरेका थिए । प्रहरीले भने त्यो क्षेत्रलाई करिब एक महिनादेखि निषेधित क्षेत्र घोषणा गरिसकेको छ ।