भरखरै झापामा ५ जना कोरोना संक्रमित थपिए

७ जेठ, काठमाडौं । प्रदेश १को प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५ जनामा कोरोना पोजेटिभ देखिएका छन् ।
त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटा र र धरानका १–१ जनालाई कोरोनाभाइरस पुष्टि भएको प्रदेश १ मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना टेष्टको दायरा बढेसँगै संक्रमितको संख्या पनि दिनहुँ थपिन थालेको मुख्यमन्त्री कार्यालयको भनाइ छ ।
यसअघिका २५ जनासहित बुधबार ३२ जना संक्रमित थपिएका छन् ।

कोरोना संक्रमितको संख्या ४३४ पुगेको छ ।