बीमा कम्पनीबाट ऋण लिएका ऋृणीहरुलाई १५ प्रतिशत छुट पाउने

७ जेठ, काठमाडौं । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले आज बुधबार एक निर्देशन जारी गर्दै बीमा कम्पनीहरुबाट ऋण लिएका ऋणीहरुले ब्याजको १५ प्रतिशत छुट छुट दिन निर्देशन दिएको हो ।

बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले ब्याजदर नै २ प्रतिशत छुट दिन भनेको छ भने चैतमा तिर्ने ऋणको किस्ता तथा ब्याज असार मसान्तमा तिरे पनि हुने व्यवस्था गरेको छ ।

बैंकमा चैतमा तिर्नु पर्ने ऋण चैतमै तिरेको अवस्थामा भने १० प्रतिशत छुट हुनेछ ।

बीमा समितिले भने लकडाउन सकिएको एक महिनाभित्रमा ऋण तिर्दा ब्याजको १५ प्रतिशत छुट दिने भएको हो । यो तत्कालै कार्यान्यनमा जाने बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले बताएका छन् ।