आज कालिमाटी तरकारी तथा फलफूल बजारमा तरकारीको मुल्य यस्तो छ

आज कालिमाटी तरकारी तथा फलफूल बजारमा भारतीय सुकेको प्याजको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ छ। भारतीय प्याजको अधिकतम मूल्य प्रतिकिलो ९५ रुपैयाँ रहेको समितिको मूल्यसूचीमा उल्लेख छ।

यस्तै चिनियाँ प्याज भने प्रतिकिलो १० रुपैयाँ सस्तो रहेको छ। चिनियाँ प्याजको न्यूनतम मूल्य प्रतिकिलो ८० र अधिकतम ९० रुपैयाँ छ।

स्थानीय काउलीको न्यूनतम मूल्य प्रतिकिलो ३५ र अधिकतम ४५ रहेको छ। ज्यापु काउलीको भने किलोको १५ रुपैयाँ महँगो छ। ज्यापु काउलीको आजको न्यूनतम मूल्य प्रतिकिलो ५० र अधिकतम ६० रुपैयाँ छ।

स्थानीय बन्दाको न्यूनतम मूल्य प्रतिकिलो ४० र अधिकतम ५० रुपैयाँ छ। तराईको बन्दाको न्यूनतम मूल्य प्रतिकिलो ३० रुपैयाँ र अधिकतम ४० रुपैयाँ छ । ठूलो नेपाली गोलभेँडाको न्यूनतम मूल्य प्रतिकिलो ५० र अधिकतम ६० रुपैयाँ छ।
भारतीय ठूलो गोलभेँडाको न्यूनतम मूल्य ६० रुपैयाँ र अधिकतम ७० रुपैयाँ छ।

स्थानीय सानो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकिलो १२ र अधिकतम २० रुपैयाँ छ। टनेलको गोलभेँडा भने किलोमा २ रुपैयाँ सस्तो छ। टनेलको गोलभेँडाको न्यूनतम मूल्य १४ रुपैयाँ र अधिकतम २० रुपैयाँ छ।

तराईको सानो गोलभेँडाको न्यूनतम मूल्य २० रुपैयाँ प्रतिकिलो र अधिकतम ३० रुपैयाँ छ।