Breaking News

अन्नपुर्ण गाउँपालिकामा संचालित चौथो राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिताको उपाधि प्रभा मा.वि.नाराच्यांगलाई

कृष्णबहादुर कार्की

म्याग्दी, म्याग्दी जिल्लाको अन्नपुर्ण गाउँपालिकामा संचालित चौथो राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिताको उपाधि प्रभा मा.वि. नाराच्यांगले जितेको छ । पोखरेबगरमा सम्पन्न प्रतियोगितामा १० स्वर्ण, ५ रजत र ६ कास्य सहित २१ पदक जित्दै प्रभा मावि नारच्यांग प्रथम भएको हो ।

त्यसैगरी प्रतियोगितामा प्रतियोगितामा ८ स्वर्ण, ४ रजत र २ कास्य सहित १४ पदक प्राप्त गर्दै मुक्ति मार्ग मावि घार द्धितीय भएको छ । त्यसैगरी प्रतियोगितामा ६ स्वर्ण, ११ रजत ४ कास्य सहित २१ पदक जितेर शिख मावि शिख तृतीय भएको छ ।

लेखक : कृष्णबहादुर कार्की