Breaking News

एमाले सांसद लक्ष्मी महतो कोइरीले निलम्बन फुकुवा गर्न संघीय संसद सचिवालयलाई निवेदन

नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले निलम्बन फुकुवाको माग राख्दै संघीय संसद सचिवालयमा आफ्नो निवेदन दिएका छन् ।

मधेश आन्दोलनमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार भएका संसद कोइरी हाल निलम्बित अवस्थामा छन् ।

महोत्तरी जिल्ला अदालतले २८ मंसिरमा थमन बिक हत्याको मुद्दामा सफाइ दिएपछि सांसद कोइरीले आफ्नो निलम्बन फुकुवा गर्न र अहिलेसम्मको सेवा सुविधा माग गर्दै संघीय संसद सचिवालयमा पत्र लेखेका छन् ।

संघीय संसदका कार्यबाहक महासचिव पदमप्रसाद पाण्डेयले भने, “पत्र प्राप्त भएको छ, निर्णयको प्रक्रियामा रहेको छ । ”