Breaking News

मध्यपहाडी पुष्पलाल लोकमार्गबारे यथेष्ट समाचार र सम्पादकीय नलेखिएको भन्दै एमाले अध्यक्ष ओलीको गुनासो

नेकपा एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्गबारे यथेष्ट समाचार र सम्पादकीय नलेखिएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुनासो गरेका छन्।

आज बिहान पार्टी कार्यालय च्यासलमा यात्राबारे जान दिन भएको पत्रकारसम्मेलनमा अध्यक्ष ओलीले आफूहरूको यात्रा सम्पादकीय लेख्न नै नमिल्ने खालको नभएको बताए।

‘समृद्धिका लागि संकल्प यात्रा सफलतापूर्वक सम्पन्न भएको छ। साथ र सहयोगप्रति कृतज्ञ छौं, सबैप्रति आभारी छौं,’ अध्यक्ष ओलीले भने,‘सम्पादकीय लेख्न नमिल्ने खालको अथवा कभर पेजमा स्थान नपाउने खालको यो यात्रा थिएन।’

उनले यात्राको समाचारलाई सञ्चारमाध्यमले यथेष्ट स्थान दिएको भए सञ्चारमाध्यमको पनि गरिमा बढ्ने बताएका थिए ।

‘सञ्चारमाध्यमहरूको पनि गरिमा बढ्थ्यो, राइट म्यान इन द राइट प्लेस भनेको जस्तो राइट न्युज एन द राइट प्लेस हुन्थ्यो कि भन्ने मेरो कुरा हो । सन्चारमाध्यमहरूले जसरी महत्व दिनुभयो त्यसका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु।ि

एमालेले गत मंसिर १४ गते बैतडीबो झुलाघाटबाट सुरू गरेको समृद्धिका लागि संकल्प यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर सम्पन्न गरेको थियो।