Breaking News

सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठित टोलीले (सीसी) क्यामरा फुटेज भेटाएन

सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठित प्रमुख भन्सार अधिकृतको नेतृत्वमा रहेको टोलीले छानबिनका लागि माग गरेअनुसारका क्लोज सर्किट (सीसी) क्यामरा फुटेज नपाएको बताइएको छ ।

समितिले छानबिनका क्रममा विमानस्थलको आगमनतर्फको पछिल्लो तीन महिनाको सीसी टीभी रेकर्ड माग गरेका थिए तर ब्याकअपको सीमितता भन्दै २१ दिनसम्मको मात्रै रेकर्ड हात परिएको, समितिका संयोजकले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले २२ मंसिरमा दूबईबाट आएका चन्द्र घलेलाई १४ किलो सुनसहित पक्राउ गरेको थियो । उनको बयानका आधारमा गोरखाका मीनबहादुर घलेपनि पक्राउ परेका थिए । लगत्तै यसको छानबिनका लागि भन्सारका प्रमुख प्रशासक टोकराज पाण्डेले पौडेल नेतृत्वको समिति गठन गरेका थिए ।