Breaking News

त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह हुँदै समारोलाई गिनिज बुक अफ द वर्ल्डले अवलोकन गर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह आज हुँदैछ । समारोहमा दिक्षान्त समारोलाई गिनिज बुक अफ द वर्ल्डले अवलोकन गर्नेछ। एकैपटक धेरै विद्यार्थीलाई दीक्षित गराउने दाबीसहित त्रिविले गिनिज बुकलाई रेकर्डका लागि अनुरोध गरेको थियो। सोहीका लागि अवलोकन गर्न प्रतिनिधि टोली काठमाडौँ आएको हो।

सो टोलीले दीक्षान्त समारोहको अवलोकन गर्नेछ । त्यसपछि वर्ल्ड रेकर्डका लागि अघि बढ्ने त्रिविले जनाएको छ। आजको दीक्षान्त समारोहमा १२ हजार ४१५ जनाले अनलाइनमार्फत आवेदन भरेका थिए।