Breaking News

त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहका कारण उपत्यकको ट्राफिक व्यवस्था गञ्जागोल

२ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह सधैं विश्वबिद्यालयको प्राणाङण टियूमा हुने गरिएको थियो तर यस पटक त्यहाँ नगरिएर त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेकोले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भइरहेको छ ।

दीक्षान्त समारोहका लागि विद्यार्थी तथा अन्य आगन्तुक र बिद्यार्थीका अभिभावक त्रिपुरेश्वरस्तिथ रंगशालामा जाने क्रम भएकाले ट्राफिक व्यवस्थामा समस्या आएर अस्तव्यस्त भएको छ ।

दीक्षान्त समारोहले त्रिपुरेश्वर तथा आसपासको क्षेत्रमा ट्राफिक चाप बढेपछि प्रहरीले कलंकी, कालिमाटी, तीनकुने तथा कोटेश्वरबाटै ठूला बसहरुलाई भित्र छिर्न नदिएर अन्तै फिर्ता पठाइरहेको छ।

जसका कारण यात्रुहरु मारमा परेका छन् । र पुग्ने ठाउँमा नपुगेर कोही घरिितर फिर्ता भएका छने् भनकोही बसबाट झेरेर गन्तव्यमा पैदलै हिडिरहेका छन् ।

आजकोे दिक्षान्त समारोहमा करिब ७३ हजार बढी विद्यार्थी सहभागी हुँदैछन् ।