Breaking News

एमाले अध्यक्ष केपी शर्मा ओली चिवाभञ्ज्याङ पुगे

काठमाडौँ । नेकपा एमालेको पुष्पलाल मध्यपहाडी अभियान अन्र्तगत आज अन्तिम दिन एमाले अध्यक्ष केपी शर्मा ओली चिवाभञ्ज्याङ पुगेका छन् । पाँचथर सदरमुकाम फिदिमबाट ओली नेपाल भारत सीमा क्षेत्रमा रहेको चिवाभञ्ज्याङ पुगेका
हुन् ।

बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर मध्यपहाडी पुष्पलाल मार्ग हुँदै एमाले अध्यक्ष ओलीसहितको टोली १८ दिनमा पाँचथरको चिवाभञ्ज्याङ पुगेको हो । चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा झण्डोतोलनपछि ओलीले सम्बोधन गरेर एमालेको संकल्प यात्रा औपचारिक रुपमा समापन हुँदैछ ।