मध्यपश्चिमाञ्चल साहित्य परिषदद्वारा विभिन्न बिधाका वरिष्ठ साहित्यकारहरु सम्मानित

काठमाडौ, पुष १ । हिजो शनिबार काठमाडौमा मध्यपश्चिमाञ्चल साहित्य परिषदद्वारा विभिन्न बिधाका वरिष्ठ साहित्यकारहरु सम्मानित गरेको छ। साहित्य कार्यक्रममा प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय रेखा शर्माले सम्मानित कविहरुलाई खादा, प्रमाणपत्र र नगद पुरस्कार दिएर सम्मानित गरेकी छन् ।

काठमाडौको प्रदर्शनी मार्गस्थित पद्मोदय हाइस्कुलको सभाहलमा भएको कार्यक्रममा योगी नरहरिनाथ स्मृति वाङमय पुरस्कार र हरिप्रसाद मानकुमारी स्मृति पुरस्कारबाट वरिष्ठ साधक चुडामणि बन्धु, मध्यपश्चिम स्रष्टा सम्मानबाट वरिष्ठ कवि तथा निवन्धकार हरिहर अधिकारी श्यामल,आख्यानकार बलदेव शर्मा मज्गैया, प्राडा मिनबहादुर बिष्ट, इन्द्रमणी मानव स्मृति सम्मान बाट कवि तथा लोकसस्कृती अन्वेषक मोतीराज बम, लोकेन्द्र शाह स्मृति सम्मान बाट कवि तथा कथाकार अमर शाह, कालिदास जोशी स्मृति सम्मान बाट कवि तथा समालोचक डा। दिपक गौतम, प्रेमप्रकाश मल्ल स्मृति सम्मान बाट कवि तथा लोकसाहित्य अन्वेषक मनोहर लामिछाने, कृष्णसेन इच्छुक स्मृति सम्मान बाट प्राडा गोपिन्द्र पौडेल, नेत्रलाल स्मृति सम्मान बाट वरिष्ठ साहित्यकार गिरीराज शर्मा, त्यसैगरी मध्यपश्चिमाञ्चल साहित्य परिषदका सस्थापकहरु प्राडा केशव सुबेदी, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य प्राडा मधुसूदन गिरी, भाषा आयोगका माननीय सदस्य द्वय अमर गिरी, उषा हमाल, समालोचक जीबेन्द्रदेव गिरी, कवि धनबहादुर वलि,वरिष्ठ गायिका कोमल वलि लगायतका मुर्धन्य साधकहरु सम्मानित भएका थिए।

२०५१ सालमा स्थापित मध्यपश्चिमाञ्चल साहित्य परिषदले हरेक बर्ष विभिन्न बिधाका साधकहरुलाई यसरी नै पुरस्कृत र सम्मानित गर्दै आएको छ । कार्यक्रममा वरिष्ठ गायक अरुण शाह र कवि इन्दीरा शाहको पनि महत्वपूर्ण भूमिका रहेको थियो । समीर शाह सल्यानी माइलाले स्वागत मन्तब्य र हेम सुबेदीले कार्यक्रम सञ्चालन गरेका थिए।