Breaking News

अनलाइनमार्फत दूध अर्डर गर्दा बन्द बोतलमा पिसाब

एजेन्सी । अनलाइनमार्फत एउटा सामान मगाउँदा अर्कै सामान डेलिभरी भएको, अनलाइनमा देखाइएको सामानभन्दा निकै कम गुणस्तरको सामान डेलिभरी हुने घटना हामीले देखे, सुनेका हुन्छौं । तर, बेलायतमा हालै यस्तै एउटा अत्यासलाग्दो घटना भएको छ ।

बेलायतको सुपरमार्केट चेन मरिसन्सबाट अनलाइनमार्फत दूध अर्डर गर्दा बेलायतको वाणिज्य मन्त्रालयका पूर्वकर्मचारी समेत रहेका एक जना ग्राहकले बन्द बोतलमा पिसाब भेटेका छन् । मरिसन्सबाट दूध अर्डर गरेका उनको घरमा पिसाबले आधा भरिएको बोतल डेलिभरी भयो । उनले सुपरमार्केटबाट आफ्नो घरमा डेलिभरी भएको दूधको एउटा बोतलको तस्वीर सोसल मिडिया प्लाटर्फम एक्समा शेयर गरेका छन् ।

उक्त बोतलको भित्र शंकास्पद देखिने तरल पदार्थ थियो । बोतल खोलेर हेर्दा त्यो तरल पदार्थ पिसाब रहेको पत्ता लाग्यो । वास्तवमा पेसाले नर्स रहेकी एडमकी पत्नीले सुँघेरै उक्त चिज पिसाब रहेको ठहर गरेकी थिइन् ।

उनले त्यस विषयमा जानकारी गराउँदै मरिसनलाई ट्याग गरेर सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘प्रिय मरिसन । यहाँले सामान्यतया हाम्रो शपिंग अर्डरको प्रतिस्थापित सामानका बारेमा अगाडि नै जानकारी गराउने गर्नुहुन्थ्यो । तर यसपटक एक बोतल पिसाब पठाउँदा भने यहाँले कुनै जानकारी गराउनु भएन ।’ उनले उक्त सामान फिर्ता लिन र पैसा पनि फिर्ता गर्न अनुरोध गरेका छन् ।