Breaking News

न्यायको लडाइँमा आफ्नो छोराले न्याए पाएको भन्दै नवराज विकका बुबाले जमिनलाई ढोगे

२८ मंसिर, काठमाडौं । न्यायको लडाइँमा साथ दिएको भन्दै नवराज विकका बुबाले धन्यवाद दिएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित र्‍याली शान्तिबाटिकामा पुगेर सभामा परिणत भएको थियो, जहाँ नवराजका बुबा मोहन बिकले न्यायको लडाइँमा साथ दिएकोमा धन्यवाद दिए । उनले धन्यवाद दिंदै जमिनमा ढोगे ।

१० जेठ २०७७ मा प्रेमिकालाई लिन साथी सहित रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँ पुगेका जाजरकोटको भेरी नगरपालिका–४ सानागाउँका २१ वर्षीय नवराज सहित ६ जनाको हत्या भएको थियो ।

जिल्ला अदालत, रुकुम पश्चिमले १९ मंसिरमा नवराज विकसहित ६ जनाको हत्यामा संलग्न भएको अभियोगमा २३ जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।