एमाले संकल्प यात्रा टोली अध्यक्ष ओलीको जन्मघर तेह्रथुममा बास

२९ मंसिर । मध्यपहाडी लोकमार्ग केन्द्रित नेकपा एमालेको संकल्प यात्रा तेह्रथुम पुगेको छ । गएको १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु भएको संकल्प यात्रका सहभागीहरु आज अध्यक्ष केपी शर्मा ओलीको जन्मघर इवा पुगेको हो ।

आठराई गाउँपालिका–४, इवास्थित अध्यक्ष ओलीकै जन्मघरमा टोली आज बास बसेको
छ । यात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर सकिदैछ ।