२९ मंसिर, काठमाडौं । गृह मन्त्रालयले २५ जना अधिकारीहरूको सरूवा गरेको छ ।
पाँचजना गृह मन्त्रालयमा सहसचिवका रूपमा सरुवा तथा पदस्थान भएका छन् भने एकजना कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकका रूपमा सरुवा भएका छन् ।
मन्त्रालयका अनुसार बाँकी सबै प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा तथा पदस्थापन भएको हो ।
यस्तै वरिष्ठ अधिकारीहरूको सेवा अवधिको मापदण्डभित्र रही पदस्थापन गरेको मन्त्रालयले जनाएको छ ।