सिम्रौनगढ नगरपालिका आन्दोलनरत कर्मचारी र प्रहरीबिचको झडपमा गोली चल्यो एक जना घाइते

बाराको सिम्रौनगढ नगरपालिका लामो समयदेखि तलब सुविधाका लागि आन्दोलनरत कर्मचारी र प्रहरी पक्षबिच झडप हुँदा एक स्थानीय गम्भीर घाइते भएका छन्।

उनलाई उपचारका लागि वीरगन्जकाे नारायणी अस्पतालमा लगिएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए। उनका अनुसार झडपमा १० जना प्रहरी समेत घाइते भएका छन्।

विगत लामो समयदेखि तलब सुविधाका लागि आन्दोलनरत कर्मचारी बुधबार नगरपालिकाको कार्यालय पुगेका थिए।

नगर प्रमुख किशोरी प्रसाद कलवारले उनीहरूको माग प्रति कुनै चासो नदेखाएको गुनासो गर्दै आएका कर्मचारीहरु नगरपालिकामा सुरुवा भएर आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत महेश मिश्र सहित नगर प्रमुख किशोरी कलवारसँग कुरा गर्न नगरपालिका पुगेका थिए।

आक्रोशित कर्मचारीहरूले आन्दोलन थप चर्काए पछि उनीहरु तोडफोड उत्रिए। नगर प्रमुखको गाडी तोडफोड पछि स्थिति नियन्त्रणमा लिन प्रहरी प्ररिचालन गरियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले २० राउन्ड हवाई फायर गरेको छ।