Breaking News

एमालेले भोली पर्वतको कुश्मामा बृहत आमसभा गर्ने

२० मंसिर, पर्वत । नेकपा एमालेको मेचीकाली अभियान अन्तर्गत मध्यपहाडी लोकमार्गमा सञ्चालन भइरहेको सम्बृद्धिका लागि संकल्प यात्रा आज बागलुङको बुर्तिवाङमा भएको आमसभा भोली पर्वतको कुश्मामा बृहत आमसभा हुने भएको छ । एमालेले पर्वत सदरमुकाम कुश्मा बजारमय आयोजना गरेको आमसभाको सवै तयारी पुरा भएको एमाले पर्वतले जानकारी दिएको छ ।

भोली दिउँसो २ बजे कुश्माको बान्द्रेवीडि चौरमा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

जनसभा सम्पन्न गर्नका लागि एमालेले जिल्लाका हजारौं कार्यकर्ता सदरमुकाम कुश्मा जानेछन् । एमाले पर्वतले जनसभाका लागि सवै तयार पुरा भएको जनाएको छ । मध्यपहाडी लोकमार्गका झण्डै १ दर्जन ठाउँहरुमा एमालेले कार्यक्रम गरहेको छ ।

लेखक : कृष्णबहादुर कार्की