Breaking News

महाशिला गाउँपालिकाले एनजिओ मार्फत कार्यक्रम गर्न २ बर्षका लागि २ करोड रकम सम्झौता

पर्वत । जिल्लाको महाशिला गाउँपालिकाले एनजिओ मार्फत कार्यक्रम गर्न २ बर्षका लागि २ करोड रकम सम्झौता गरेको छ । गाउँपालिकाले आगामी २ बर्षका लागि नेपालमै दर्ता भएको हेफर प्रोजेक्ट नेपाल नामको संस्थासंग सहकार्य गर्ने गरी गरी २ करोड रुपैंया गाउँपालिकाको तर्फबाट सम्झौता गरेको हो ।

आन्तरीक आम्दानी निकै कम रहेको जिल्लाकै सानो गाउँपालिका महाशिला गाउँपालिकाले बर्ष २०८० सालसम्म खर्च गर्ने गरी यस अघि हेफर प्रोजेक्ट नामको एनजिओसंग ४ करोड सम्झौता गरेको थियो ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरीप्रसाद पराजुलीले विना प्रतिस्पर्धा यस अघि भएको सम्झौता गाउँपालिकाले कार्यान्वयन नगरेको जानकारी दिए । यस बर्ष भने प्रतिस्पर्धाका आधारमा परियोजना सम्झौता गर्न दिएको पराजुलीले बताए । आन्तरीक रुपमा सुचना लुकाएर गरिएको प्रतिस्पर्धाका लागि प्रस्तावना आब्हान भएका एनजिओहरुको प्रस्तावना संकास्पद रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि आयोगले अनुसन्धान गरीरहेको छ । प्रतिस्पर्धी एनजिओहरुको नक्कली डकुमेन्टहरु प्रतिस्पर्धाका लागि हालिएको गाउँपालिका श्रोतको दावी छ ।

पालिकाका पदाधिकारीहरुको * मिलेमोतोमा एनजिओसंग कार्यक्रमको सम्झौता भएको भन्दै आयोगले अनुसन्धान अघि बढाएको आयोग श्रोत बताउँछ ।

कार्यक्रम अन्तर्गत बाख्रापालन कार्यक्रम गर्ने र महिलाहरुको क्षमता अभिबृद्धि गर्ने वहानामा अनियमिमता हुने गरी यस अघि गाउँपालिकाले गरेको सम्झौता उपर स्थानीयले विरोध गरेका थिए । स्थानीयका विरोधका वीच गाउँपालिकाले चालु आर्थिक ८०/८१ बर्षका लागि पुनः गाउँपालिकाले १ करोड रुपैया विनियोजन गरेको छ । आगामी २ बर्षका लागि २ करोड रकम हेफर प्रोजेक्ट नामकको संस्था मार्फत स्थानीय गैरसरकारी संस्थासंग सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत पराजुली
बताउँछन् ।

हेफर इन्टरनेशन नेपाल नामको अन्तराष्ट्रिय गैर सरकारी संस्थाको नामसंग मिल्दोजुल्दो नाम राखेर हेफर प्रोजेक्ट नेपाल नामको संस्थाले देशका झण्डै ५२ वटा पालिकाहरुमा कार्यक्रम सम्झौता गरी कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताइन्छ ।
गाउँपालिकाले विनियोजन गरेको एनजिओ मुखी कार्यक्रमले गाउँपालिकाको सम्बृद्धि नहुने भन्दै यस पनि पटक पटक विरोध हुँदै आइरहेको थियो ।

पर्वतन्यूजबाट