Breaking News

एनसेलका ९ जना सेयरधनीहरु को–को हुन त जानीराखौं

एनसेलमा पछिल्लो समय रेनल्ड होल्डिङ्स कम्पनीको नाममा सबैभन्दा बढी ८० प्रतिशत सेयर पुगेको छ।

यस्तै, सुनभेरा क्यापिटलको नाममा करिब २० प्रतिशत, लेना कंसाकारको नाममा २ कित्ता, कविन मुडको नाममा १ कित्ता, समिरराज गौतमको नाममा १ कित्ता, कञ्चनसिंह कार्की १ कित्ता, ज्योति दाहालको दुई कित्ता, उमा मर्हजनको नाममा दुई कित्ता सेयर रहेको छ।

कम्पनी पब्लिक कम्पनीमा रूपान्तरणमा जाने क्रममा नौ जना सेयर लगानीकर्ता पुर्‍याउन अन्यलाई यसरी सेयर दिइएको हो।

पछिल्लो कारोबार अघिसम्म एनसेलमा आजियटाको ८० प्रतिशत सेयर स्वामित्व रहेको थियो। विदेशमै कम मूल्यमा कारोबार भएसँगै यो कारोबार विवादमा परेको छ।

सन् २०१६ सेयर खरिद बिक्री भए पनि कम्पनी रजिष्ट्रारको कार्यालयमा रेनल्ड होल्डिङका नाममा नै ८० प्रतिशत रहँदै आएको जानकारी कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ।