कोरोना लोमो समयसम्म गएको खण्डमा त्यस बारेमा सरकार त्यसको विकल्पको कदम चालिरहेको छ

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमको सवालमा माननीयले उठाएका जिज्ञासाका जवाफ दिने क्रममा आज संसदमा बोल्दै प्रधानन्त्रीले भारतबाट आएकाहरुमा कडा खालको कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको बताएका छन् ।

वुहान, इटली, दुवईबाट आएको भाइरस कडा खालको नभएको बताए । उनले भने, ‘तर भारतबाट आएको भाइरस कडा खालको देखिएको छ ।

पछिल्लो समय भारतबाट आएका धेरैमा संक्रमण देखिएको । यसरी आएकाहरु लुकेर बस्दा झन समस्या भएको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले कोरोनाका कारण कोही पनि नागरिकको ज्यान जान नदिने सरकारको प्रयास विभिन्न कारणले असफल भएको स्वीकार गर्दै यसले नेपालको अर्थतन्त्रमा असर पारेको छ तर यसो भनेर हामी एकदमै निरास भएर, हतोउत्साहित भएर चल्नु पर्छ । तर हामी पक्कै नै कोरोनालाई परास्त गछौंं ।

प्रधानमन्त्रीले जवाफ दिने क्रममा कोरोना धेरै समय जाने हो भने यसको विकल्प समेत लिनुपर्नेमा जोड दिनुभयो । यसमा हामीले कृषि क्षेत्रमा, अरु क्षेत्रमा कसरी परिचालन गर्ने विषयमा सरकार त्यसका लागि जनतालाई सुरक्षित र भोको नराख्नका लागि सरकार कदम चालिरहेको समेत बताउनु भयो ।

प्रधानमन्त्री अहिले पनि संसदमा बोलिरहनु भएको छ ।