चितवनको भरतपुर अस्पतालको आईसीयूमा उपचाररर्थ एकको मृत्यु

६ जेठ, काठमाडौं । चितवनको भरतपुर अस्पतालको आईसीयुमा उपचाररत एक बिरामीको मृत्यु भएको छ ।

रौतहटको परोहा नगरपालिका ८ का ६८ बर्षका पुरुषको मंगलबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार उनी ४ महिनादेखि टिबीको औषधि लिइरहेका बिरामी हुन् । उनलाई श्वासप्रश्वासको समस्या भएपछि आइतबार राति ९ बजे भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।

क्यान्सर भएको आशंकामा उनलाई उपचारको लागि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लैजान रिफर गरिएको थियो । उनको मृत्युको कारण खुलेको छैन ।

सोमबार उनको स्वाब संकलन गरी भरतपुरको कोभिड १९ परीक्षण प्रयोगशाला पठाइएको जनाइएको छ ।