६ जेठ, काठमाडौं । राष्ट्पति बिद्यादेवी भण्डारीले जेठ २ गते संसदको दुबै सदनलाई संयुक्त बाचन गर्नु भएको सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रतिनिधिसभामा आज बहुमतबाट पारित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी दल, मजदुर किसान पार्टी ललगायत प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव हालेर विरोध गरे पनि आज संसदमा बहुमत सदस्य सरकारको नीति तथा कार्यक्रमको पक्षमा उभिएकाले बहुमतबाट पारित भएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संसदमा पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नु भएको छ ।