प्रदेशको – १ का झापा र सुनसरी ११ जनामा कोरोना संक्रमित भेटिए

६ जेठ, काठमाडौं । आज मंगलबार प्रदेश- १ मा थप ११ जना व्यक्तिमा कोरोना संक्रमण भेटिएका छन् ।
झापाको कचनकवल गाउँपालिकाका ९ जना र सुनसरीका दुई जना छन् ।

सुनसरीमा देखिएका दुई जनामध्ये एक जना सशस्त्र प्रहरी रहेको बताइएको छ ।

झापामा थपिएका संक्रमितहरू भारतबाट आएका हुन् ।

आजै बिहान मात्र कपिलवस्तुमा ४ जना संक्रमित थपिएका थिए ।

योसँगै कोरोना संक्रमितको संख्या ३ सय ९० पुगेको छ ।