नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज पोखरा थण्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज पोखरा थण्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।
दुई अपराजित टोलीबीचको खेल साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सुरु हुनेछ ।

यसअघि दुवैले आफ्नो पहिलो खेल जित्दै सुखद सुरुआत गरेका थिए । त्यही लयलाई कायम राख्दै लगातार दोस्रो खेल जित्ने लक्ष्यमा पोखरा र ललितपुर मैदानमा उत्रिदै छन् ।