सर्जियो रामोशले करियरको २९ औँ रातो कार्ड

मड्रिड । सर्जियो रामोशले करियरको २९ औँ रातो कार्ड पाउँद सेभिया रियल सोसिडाडसँग १–२ गोलले पराजित भएको छ ।

रियल मड्रिडका पूर्व खेलाडीले ८८ औँ मिनेटमा ब्राइस मेन्डेजमाथि फल हानेपछि उक्त कार्ड पाएका हुन् । यसअघि उनलाई दोस्रो पहेँलो कार्ड देखाए पनि त्यसलाई सिधा रेड कार्डमा परिणत गरिएको थियो ।

योसँगै ३७ वर्षीय खेलाडीले ला लिगामा सबैभन्दा २१ पटक रातो कार्ड पाएका छन् । २१ औँ शताब्दीमा उनीभन्दा कुनै पनि खेलाडीले धेरै रातो कार्ड पाएका छैनन् । उनीपछि राफायल मार्क्वेजले २१ र फिलिपे मेलोले २० पटक रातो कार्ड पाएका छन् ।

उता सेभियाका ३८ वर्षीय विंगर जिसस नाभासले यस विरोध गर्दा आफ्नो करियरको पहिलो रातो कार्ड पाए । पराजयपछि सेभिया मात्र १२ अङ्क बटुल्दै लिगको १५ औँ स्थानमा सीमित बनेको छ । सोसिडाड भने २५ अङ्कसहित लिगको पाँचौँ स्थानमा
छ ।