कालिकोटे महेन्द्र शाही (रास्कोटी) को “घुम्न जाऔं कालिकोट” बजारमा

५ जेठ, काठमाडौं । कर्णाली प्रदेश कालिकोट जिल्ला नरहरी नाथ गाउँपालिका वडा नम्बर ९ का युवा गायक महेन्द्र शाही (रास्कोटी) ले  “घुम्न जाऔं कालिकोट”  गितको म्युजिक भिडियो बजारमा ल्याएका छन् । राष्ट्र् गुरु योगी नरहरीनाथ प्रति समर्पण गर्दै भावना म्यूजिक प्रालि बाट रेर्कडिङ गरिएको सो म्युजिक भिडियोलाई कर्णाली प्रदेश पर्यटन मन्त्रालयको आर्थिक सहयोग र कालिकोट जिल्ला समन्वय समितिको प्रस्तुतिमा भिडियो तयार पारिएको छ ।

आशा शाहीको निर्देशन मा निर्माण गरिएको भिडियोमा स्वर तथा लय महेन्द्र शाही (रास्कोटी) को रहेको म्युजिक भिडियोको छायांकन र सम्पादन चनास पुन मगरले गरेका हुन भने शब्दरचरना कृष्णराज धमला र अनिपाल शाहीको रहेको छ । त्यस्तै संगित राजेन्द्र शाहको हो भने कोरियोग्राफर ललित विश्वकर्माको रहेकोे छ । म्युजिक भिडियोमा अभिनय विमल अधिकारी, आशा शाही र अन्य कलाकारहरुको रहेको छ ।

ज्यादै मार्मिक र चिनारीमूलक भिडियोमा राष्ट्र्भक्ति र योगी नरहरीनाथको परिचयात्मक रहेकोछ । कालिकोट जिल्लाको विस्तृत कला, पर्यटन, शक्ति पीठ, त्यहाँको पर्यटनकीय स्थल, जडिबुटी, पाटन (लेख) र पछिल्लो समयमा चर्चाको शिखरमा रहेको पर्यटकीय स्थल पचालझरनालाई समेत समेटेर म्युजिक भिडियो तयार पारिएको छ । भिडियोले तिला कर्णाली र अन्य झरनालाई समेत समेट्दै गुरु योगी नगरहरीनाथको जन्मस्थल लागुलाई मुख्य रुपमा प्रष्टाउन खोजिएको भिडियोमा विशेष गरी कालिकोट जिल्ला एक पर्यटकीय स्थल भएकाले सबैलाई हेर्न र घुम्नको लागि निम्ता समेत गरिएको छ यो म्युजिक भिडियोमा ।

भिडियो हेर्नलाई साइटको लाष्टमा कदर टिभी भित्र गएर हेर्नु सक्नु हुनेछ ।