Breaking News

प्रेस काउन्सिलमा कोरोना (कोभिड–१९) टेष्ट

५ जेठ, काठमाडौं । कोरोना भाइरसको बढ्दो जिम र त्यसको रोकथाम र सर्तकता विषयमा सम्यम अपनाउँदै आज प्रेस काउन्सिल नेपालमा स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुले आज २०७७ जेठ ५ गते सोमबार सञ्चारग्राममा पत्रकारहरुको कोरोना परीक्षणको लागि स्वाब संकलन गरेको छ ।
प्रेस काउन्सिल नेपालको आयोजनामा पोलिमर चेन रियाक्सन (पिसीआर) परीक्षणको लागि स्वाब संकलन भएको हो ।

मूलधारको मिडियाका सम्पादक, फ्रन्टलाइनमा रहेर काम गरिरहेका फोटो पत्रकारहरुलगायत प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, पदाधिकारी सदस्य तथा कर्मचारी, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यसहित कर्मचारी, सूचना तथा प्रसारण विभागका महानिर्देशक लेखनाथ शर्मासहित कर्मचारी, न्युनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालसहित कर्मचारी समेत ७० जनाको स्वाब संकलन गरिएको छ ।

सो कोरोना स्वाब को रिपोर्ट बुधबारसम्म आउने बताइएको छ ।

 

फोटो : महेन्द्रराज सिंह

लेखक : रिपोर्ट : महेन्द्रराज सिंह