१ मंसिर, काठमाडौं । जिम्बाब्वेको राजधानी हरारेमा हैजा फैलिएपछि संकटकाल घोषणा गरिएको छ । हैजाका कारण हरारेमा दर्जनौंको मृत्यु भएको र ७ हजार बढी बिरामी परेको बिबिसीले जनाएको छ ।
हरारेका मेयर आयन मैकोनलाई उदृत गर्दै स्थानीय मिडियाले लेखेका छन्, ‘हामीले हैजाका कारण संकटकाल घोषणा गरेका छौं ।’
सन् २००८ मा जिम्बाब्वेमा हैजा फैलिँदा 4 हजार जनाको मृत्यु भएको थियो भने १ लाख बढी बिरामी परेका थिए ।
स्वास्थ्य उपचारका लागि स्वास्थ्यकर्मीको कमी भएको छ । यस्तै हैजा फैलनबाट रोक्ने उपाय अपनाउन पनि कमजोरी भइरहेको आईएफआरसीले जनाएको छ ।
जिम्बाब्वेमा सफा पानीको अभाव भएको र फोहोर पानीको प्रयोगले हैजा फैलिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।