Breaking News

विश्वकप क्रिकेटको फाइनल आइतबार भारतको अहमदावादमा हुँदै

१ मंसिर, कात्तिक । विश्वकप क्रिकेटको फाइनल आइतबार भारतको अहमदावादमा हुँदैछ र यो पल्ट फाइनलमा घरेलु टोली भारत र अष्ट्रेलियाले प्रतिस्पर्धा गर्दैछन् ।

फाइनल जित्ने टिमले विश्वकप ट्रफीका साथै मोटो रकम नगद पुरस्कार पाउने छ ।

यो पल्ट विश्वकप जित्ने टिमलाई ४० लाख अमेरिकी डलर अर्थात् ५३ करोड ३० लाख नेपाली रुपैयाँ बराबर नगद पुरस्कार पाउने छ ।

उपविजेता टिमले २० लाख डलर अर्थात २६ करोड ६५ लाख नेपाली रुपैयाँ बराबरको पुरस्कार पाउने छ ।

सेमिफाइनलमा पराजित भएका न्यूजिल्याण्ड र दक्षिण अफ्रिकाले ८-८ लाख डलर अर्थात् १० करोड ६६ लाख रुपैयाँ नगद पाउने छन् ।

समूह चरणबाटै घर फर्केका ६ टिमले भने १-१ लाख डलर १ करोड ३३ लाख नेपाली रुपैयाँ पाउने छन् ।

यसका साथै लिग चरणमा हरेक टिमले एक जितको ५३ लाख ३० हजार रुपैयाँ पाउने छन् ।