Breaking News

त्यसबेला बास्कोटाविरुद्ध भएका रोइलो गलत थियो भन्ने पुष्टि भयो

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाक्रीले सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका परिमार्जनसहित स्वीकृत गरेपछि पूर्व संचारमन्त्री गोकुल बास्कोटालाई स्मरण गरेकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत पूर्व सञ्चारमन्त्री बास्कोटाले सामाजिक संजाललगायतका विकृति नियन्त्रणका लागि ४ वटा विधेयक ल्याउन खोज्दा संसदमा दर्ता नै गर्न नदिनेहरुको कर्म गलत थियो भन्ने पुष्टि भएको बताएकी हुन् । लोकतन्त्रका नाममा त्यसबेला बास्कोटाविरुद्ध भएका रोइलो गलत थियो भन्ने पुष्टि भएको उनको भनाई छ ।

उनले भनेकी छन्, ‘तत्कालिन नेकपा एमालेको सरकारले खास गरी तत्कालिन संचारमन्त्री गोकुल बास्कोटाले त्यो बेला ल्याउन खोजेका चारवटा सोसल मिडिया, मिडिया काउन्सिल लगायतका विधेयकहरू संसदमा दर्ता नै गर्न नदिने, दर्ता भएका विधेयक माथि छलफल नै गर्न नदिने र लोकतन्त्रको नाममा जुन रोईलो भएको थियो नि, म आज सम्झदैछु । त्यो कर्म गलत थियो । आज समाजलाई जता लान खोजिदैछ नी यी सामाजिक संजालमार्फत गम्भिर बनौ है ।’

नेतृ, रामकुमारी झाक्री