Breaking News

नेकपा (एकीकृत समाजवादी) ले भुकम्प पिडितलाई २५ लाख सहयोग

काठमाडौ  । नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ।

मंगलबार पूर्वप्रधानमन्त्री एवं पार्टीका अध्यक्ष माधव कुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे, प्रमेश हमाल, महासचिव घनश्याम भुसाललगायतका नेताहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राहत स्वरुप रु. २५ लाखको चेक हस्तान्तरण गर्नु भएको हो।

अध्यक्षलगायतका नेताहरुको टिमले उक्त अवसरमा कर्णाली प्रदेशको जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पिय विपदबाट भएको मानवीय क्षतिबारे जानकारीसमेत लिएको छ। साथै राहत तथा उद्धारको कामलाई तीव्रताका साथ अघि बढाउन प्रधानमन्त्री प्रचण्डलाई अनुरोध गरेको छ।

सोमबार बसेको पार्टीको सचिवालय बैठकले भूकम्प पीडितलाई सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरि रु २५ लाख दिने निर्णय गरेको थियो।