Breaking News

समाजवादी प्रेस संगठन, नेपाल डोल्पा जिल्ला अध्यक्षमा आनन्दसिंह रावल चयन

डोल्पा । समाजवादी प्रेस संगठन, नेपाल डोल्पा जिल्ला कमिटी गठन गरिएको छ । संगठनका अध्यक्ष विश्वमणी सुवेदी, महासचिव रामकुमार एलन, कर्णाली प्रदेश अध्यक्ष अनन्त बराल, महिला उपाध्यक्ष अस्मिता गिरी र उपमहासचिव प्रतिज्ञा मगर लगायत संगठनका नेताहरुको सहभागितामा बसेको भेलाले डोल्पा जिल्ला अध्यक्षमा आनन्दसिंह रावल चयन भएका छन् । संगठनको जिल्ला उपाध्यक्षमा पदम शाही, सचिवमा गोपिचन्द्र बोहरा (सन्देश), कोषाध्यक्षमा मनिशा केसीलाई चयन गरेको छ। त्यस्तै सदस्यहरूमा डिल्ली विक, रूपचन्द्र बोहोरा र किस्मत बोहोरा चयन हुनु भएको छ ।

केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीको प्रमुख आतिथ्यतामा भएको भेलाले रावलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । कार्यक्रममा बोल्ने क्रममा, अध्यक्ष सुवेदीले समाजवादी पत्रकारहरूले डोल्पामा जिम्मेवार पत्रकार र समाजवादको आधार निर्माणमा भूमिका खेल्ने खालका धारणा राखेका थिए ।