Breaking News

नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै

नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ। मध्याह्न १२ः४५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बोलाइएको बैठकमा मध्यपहाडी राजमार्गकेन्द्रित अभियानबारे छलफल हुने बताइएको छ।

एमालेले मंसिरको दोस्रो साताबाट १ हजार ८७९ किलोमिटर लामो मध्यपहाडी राजमार्गकेन्द्रित अभियान सञ्चालन गर्दै छ। अभियानमा जनप्रदर्शन, कोणसभा लगायतका गतिविधि गर्ने एमालेले बताएको छ।

ज्ञवालीको नेतृत्वमा एउटा समूह पूर्व पाँचथरको चिवाभञ्ज्याङ गएको थियो। रिमाल नेतृत्वको समूह बैतडीको झुलाघाटदेखि गोरखासम्मको बाटो अवलोकन गरेर फर्किइसकेको छ।

पहाडी क्षेत्रमा जाडो बढ्न थालेको र जाजरकोट, रूकुम पश्चिममा भूकम्पका कारण मानवीय तथा भौतिक क्षति भएकाले अभियान सार्नुपर्ने पनि एमालेमा कुरा उठिरहेको छ।

आज बस्ने सचिवालय बैठकले यसबारे ठोस योजना बनाउने एमालेले बताएको छ।