जारी लकडाउन जेठ २० गते सम्म लम्बियो

४ जेठ, काठमाडौं । भरखरै सकिएको नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले जारी लकडाउन लाई जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आज सांझ आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको बताइएको छ । यसअघि आजै दिउसो बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकाल्दै मन्त्रीपरिषद्लाई सिफारिस गरेको थियो ।