पार्टी र नेताहरुको चरित्र हत्या गर्ने पार्टीभित्रकै नेताहरुलाई तत्काल कार्वाहीको गरियोस्

त्यसैले, कमरेड पुष्पलाल, जननेता मदन भण्डारी, मनमोहन अधिकारी, जीबराज आश्रित र हजारौ सहिदहरुको बलिदानमा गौरबशाली इतिहास बोकेको पार्टीको प्रतिष्ठामाथी आँच आउने काम गर्ने भारतबाट परिचालित व्यक्तिहरुको तत्काल पहिचान गरि पार्टी र संघठनबाट साधारण सदस्य नरहने गरि नेतृत्वले अबिलम्ब कारवाही गर्नु पर्दछ ।

वर्तमान परिबेशमा बिश्व जगत, कोभिड १९ बिरुद्धको संघर्षमा जुधिरहेको छ । बिश्वका धेरै मुलुकहरु यही कोरोना भाइरसका कारणले लकडाउनमा छन् र हाम्रो राष्ट्र पनि कोरोना भाइरसका कारणले लकडाउन कै अवस्थामा रहेको छ । कोभिड १९ विरुद्धको यो लडाइमा मुख्य संयोजन कर्ता राज्य नै हो । संक्रमण फैलन नदिन सामाजिक दुरी सबैभन्दा ठुलो हतियार हो । लकडाउन सोही प्रयोजनका लागि गरिएको हो । त्यहि अनुसार, कोभिड १९ को संक्रमण बिरामीको उपचारको सम्पुर्ण जिम्मा नेपाल सरकारले लिएको छ ।

संसारका सबै देशमा अनेक प्राकृतिक विपत्तिमा सेनाले विशेष भुमिका खेल्ने गरेका छन् । चीनले कोरोना महामारी विरुद्धको युद्धमा अग्रपंतिमा सेनाको सुविचारित परिचालनले नै सफलता हासिल गरेको हो । अमेरिका, वेलायत, ईटाली, स्पेन, जर्मनी, फ्रान्स, लगाएत देशले सेनालाई नै अगाडि सारेका छन् । नेपाली सेना नेपालका हरेक विपत्तिमा परिचालित भएर प्रसंसनीय काम गरेर जनविश्वास जित्दै आएका अनेकौं उदाहरणहरु छन् । नेपाल सरकारले पनि सोही अनुसार संविधान र कानुनका सिमाभित्र रहेर जनताको जीवन रक्षाका लागि सेनालाई कुनै विशेष जिम्मेवारी दिने निर्णय गरेको थियो र नेपालको सेनाले उक्त भुमिका अबिचलित एबं जिम्मेवार भै निभाई रहेको छ ।

देशलाई एकताबद्ध बनाउने संकल्प सहित सरकारको नेतृत्व गरिरहेको हाम्रो पार्टीले प्रदेश २ को सरकार पनि आफ्नो अनुकूलको बनाउने असल मनसायका साथ केहि भुमिका खेल्यो । फल स्वरुप केहि समझदारी हुन नसक्दा, बाबुराम भट्टराई, आंङ काजी शेर्पा, डाड्ड सुरेन्द्र यादब लगायत केहि देश बिखण्डनकारी तत्वहरुले बिना प्रमाण माननीय श्री महेश बस्नेत, माननीय श्री किसान श्रेष्ठ र पुर्ब क्ष्न्ए श्री सर्बेन्द्र खनालको नाम मुछेर अपहरणको झुटो मुद्दा लगाई चरित्र हत्या गर्दै पार्टी र सरकार माथी नै गम्भीर प्रश्न खडा गर्ने कोसिस गरे, जुन बिषयमा भारतले नेपालको सरकार ढालेर आफ्नो अनुकूलको सरकार बनाउन चाहान्थ्यो र बाबुराम भट्टराई त्यसको प्रमुख मतियार थिए ।

यस्तो माहामारीसंग बिश्व नै एकजुट भएर लड्नुपर्ने बेलामा, हामी नेपाली नागरिकहरुको लागी सधै असल दुस्मनको भुमिका निभाई रहेको छिमेकी राष्ट्र भारतले चाहि मौका छोपेर कालापानी, लिपुलेक, लिम्पुआधुरा लगायत नेपालको भूमी हडपी, उक्त क्षेत्र आफ्नो हो भन्दै बिकास निर्माणका कार्यहरु तीब्र रुपमा जारी राखेको छ । बिगतमा पनि भुकम्पले देश थलिएको बेला धमिलो पानीमा माछा मार्ने छिमेकीले नाकाबन्दी गरेकै हो, अहिले पनि माहामारी संगसंगै देश भित्रको आन्तरिक राजनीति खलवलिएको बेला सिमा अतिक्रमण गरिरहेको प्रस्ट छ ।

देशलाई एकताबद्ध बनाउने संकल्प सहित सरकारको नेतृत्व गरिरहेको हाम्रो पार्टीले प्रदेश २ को सरकार पनि आफ्नो अनुकूलको बनाउने असल मनसायका साथ केहि भुमिका खेल्यो । फल स्वरुप केहि समझदारी हुन नसक्दा, बाबुराम भट्टराई, आंङ काजी शेर्पा, डाड्ड सुरेन्द्र यादब लगायत केहि देश बिखण्डनकारी तत्वहरुले बिना प्रमाण माननीय श्री महेश बस्नेत, माननीय श्री किसान श्रेष्ठ र पुर्ब क्ष्न्ए श्री सर्बेन्द्र खनालको नाम मुछेर अपहरणको झुटो मुद्दा लगाई चरित्र हत्या गर्दै पार्टी र सरकार माथी नै गम्भीर प्रश्न खडा गर्ने कोसिस गरे, जुन बिषयमा भारतले नेपालको सरकार ढालेर आफ्नो अनुकूलको सरकार बनाउन चाहान्थ्यो र बाबुराम भट्टराई त्यसको प्रमुख मतियार थिए ।

त्यस संगसंगै, हाम्रै पार्टी भित्र पनि युवा संघको नेतृत्व गरिरहेका दीपशिखा उपनामले चीनीने राम प्रसाद सापकोटा लगायतका जिम्मेवार व्यक्तिले संचार माध्यम र मिडिया द्वारा नेपाली जनताका आशा र भरोशाका केन्द्र पुर्ब मन्त्री एबं माननीय श्री महेश बस्नेतलाई अपहरणकारीको झुटो बिल्ला भिराउने एउटा अभियानमै लागे । यो कार्य पुर्ण रुपमा नेपाल आमा र हामी नेपालीलाई दास बनाउने भारतको योजना माथी थप बल पुर्याएको हो भन्ने सबैले बुझेको कुरा हो । तर, भारतको उक्त योजना सफल हुन सकेन र उक्त रचित प्रोपोगाण्डमा नेपाली जनताको जीत भयो । भारतको नेपाल हराउने योजना सफल नभई सकेपछी अर्को एउटा प्रपंच रचेर मुख्य त, नेपाल सरकार र नेपाल सरकारको नेतृत्व गरिरहेको सत्ताधारी नेपाल कम्यूनिस्ट पार्टीले, सीमा रक्षाको सन्दर्भमा कुटनीतिक रुपले नेपाली जनता र रास्ट्रको हितमा हुनेगरी पुर्णरुपमा पहलकदमी जारी राखेको बखत भारतको शरणमै परेर हुर्केका, जातीय राज्य मूल नारा सहितको प्रोजेक्ट लिएर देश टुक्राउने उद्देश्य सहित भारतबाट परिचालित केहि अराजक मानसिकता बोकेका दूषित तत्वहरु नै नेपाल कम्युनिस्ट पार्टी भित्र समाबेश भएका प्रमाणहरु दिनानुदिन देखा पर्दै गएका छन ।

त्यसैले, कमरेड पुष्पलाल, जननेता मदन भण्डारी, मनमोहन अधिकारी, जीबराज आश्रित र हजारौ सहिदहरुको बलिदानमा गौरबशाली इतिहास बोकेको पार्टीको प्रतिष्ठामाथी आँच आउने काम गर्ने भारतबाट परिचालित व्यक्तिहरुको तत्काल पहिचान गरि पार्टी र संघठनबाट साधारण सदस्य नरहने गरि नेतृत्वले अबिलम्ब कारवाही गर्नु पर्दछ ।

नेपाल सरकार र सरकारको नेतृत्व गरिरहेको आफ्नै पार्टीको चरित्र हत्या गर्दै आफ्नै पार्टी अध्यक्ष एबं प्रधानमन्त्रीको पुत्ला जलाउने कार्यमा तिनै भारतबाट परिचालित क्रान्तिकारीको बिल्ला भिरेका स्यालहरु संलग्न भएको पाईएको छ । उक्त निन्दनीय कार्यको जति भर्त्सना गरेपनि पुग्ने छैन । हाम्रो पार्टीको भातृ संघठन अनेरास्वबियूमा ती मानब रुपी स्यालहरु समाहित रहेछन भन्ने बुझ्नमा आएको छ । त्यसैले, कमरेड पुष्पलाल, जननेता मदन भण्डारी, मनमोहन अधिकारी, जीबराज आश्रित र हजारौ सहिदहरुको बलिदानमा गौरबशाली इतिहास बोकेको पार्टीको प्रतिष्ठामाथी आँच आउने काम गर्ने भारतबाट परिचालित व्यक्तिहरुको तत्काल पहिचान गरि पार्टी र संघठनबाट साधारण सदस्य नरहने गरि नेतृत्वले अबिलम्ब कारवाही गर्नु पर्दछ ।

साथै, यतिवेला पनि कतिपय पत्रिका र अनलाईनहरुका नियोजित समाचारहरुको श्रृंखला हेर्दा सरकार र पार्टीका विरुद्ध समाजमा भ्रम शृजना गर्ने र पार्टीको अस्तित्वमा धक्का पुर्याई स्थिरता नचाहाने बिदेशी दलालहरुलाई देशमा खेल्ने मौका दिने फर्मुलाको प्रयोग हुदैछ जस्तो देखिन्छ । षड्यन्त्रपूर्ण र नियोजित समाचारहरुबाट समाज नै भ्रमित हुने अवस्था सिर्जना भयो भने त्यो राष्ट्रका लागि ठुलो दुर्भाग्य हुन्छ । यस्ता किसिमका तत्वहरुलाई निस्तेज पार्दै, आशंका र भ्रम निवारण गरौ, कमजोरी छन् भने सुधार गरौ । तर नियोजित र षडयन्त्रपूर्ण ढंगले सिर्जित कथामा आधारित कुप्रचारवाट आफु पनि जोगियौ र समाजलाई पनि त्यसको कुप्रभावबाट जोगाऔं । राज्यका अंग, निकाय र संयन्त्रलाई विश्वास गरौ । यीनको अधिकतम उपयोग गरी कोरोना विरुद्धको लडाई र भारतको बिस्तारवादी रणनीतिलाई असफल पार्दै नेपाललाई विजयी बनाउनु पर्ने कर्तब्य हामी सम्पुर्ण अग्रगामी नेपालीहरुको काधमा छ ।

षड्यन्त्रपूर्ण र नियोजित समाचारहरुबाट समाज नै भ्रमित हुने अवस्था सिर्जना भयो भने त्यो राष्ट्रका लागि ठुलो दुर्भाग्य हुन्छ । यस्ता किसिमका तत्वहरुलाई निस्तेज पार्दै, आशंका र भ्रम निवारण गरौ, कमजोरी छन् भने सुधार गरौ । तर नियोजित र षडयन्त्रपूर्ण ढंगले सिर्जित कथामा आधारित कुप्रचारवाट आफु पनि जोगियौ र समाजलाई पनि त्यसको कुप्रभावबाट जोगाऔं । राज्यका अंग, निकाय र संयन्त्रलाई विश्वास गरौ । यीनको अधिकतम उपयोग गरी कोरोना विरुद्धको लडाई र भारतको बिस्तारवादी रणनीतिलाई असफल पार्दै नेपाललाई विजयी बनाउनु पर्ने कर्तब्य हामी सम्पुर्ण अग्रगामी नेपालीहरुको काधमा छ ।

नेपालका वामपन्थी, प्रजातान्त्रिक, राष्ट्रवादी शक्तिहरु, जातिय अधिकारवादीहरु, भाषिक अधिकारवादी, सांस्कृतिक आधिकारबादिहरू, धार्मिक अधिकारवादीहरुले रास्ट्रिय एकताको पक्षमा एकजुट भै भारतले देखाएको बिस्तारवादी शैलीको डटेर सामना गर्ने उपयुक्त समय पनि यही नै हो । त्यसको लागी कुनैपनि बैदेशिक हस्तक्षेप सम्बन्धित बिषयलाई अन्तर्राष्ट्रिय करण गर्नु भन्दा अगाडि कुटनितीक छलफल जरुरी हुन्छ, जुन नेपाल सरकारले गरि रहेको छ । यदि कुटनितीक छलफल मार्फत पनि समस्या समाधान नभएमा अन्तर्राष्ट्रिय अदालतमा जानुभन्दा अगाडि हस्तक्षेप भएको भुमी आफ्नो हो भन्ने पर्याप्त आधार तयार गरेर अन्तर्राष्ट्रिय अदालतमा बहसमा जानु आजको आबस्यकता हो । हामी, जापानको हिरोसिमा र नागासाकी जस्तै फेरी आफ्नै बलबुतामा खडा हुने आँट गर्नुपर्छ ।

बिस्तारवादी चरित्र देखाऊने भारतलाई हामीले मुखले भन्दा पनि पसिना र मेहेनतले जवाफ दिनैपर्छ । हामीले हरेक कुराको निर्णय लिँदा बेलायत जस्तै स्वतन्त्र भएर लिनुपर्छ, चीनको जस्तो कुशल रणनितीरकुटनिती अङ्गाल्दै अघी बढ्नुपर्छ । हामी ’सही छौ’ भन्ने हामीलाई लाग्छ भने छिमेकी (भारत) जतिसुकै बलवान् किन नहोस् उत्तर कोरिया जस्तो हठी भएर लागेको लाग्यै गर्नुपर्छ । तसर्थस् अखिलको मुल नेतृत्वले पार्टी र संघठन भित्र छिरेका, समाजमा घृणित गतिबिधीमा संलग्न दीपशिखा लगायतका कुपात्रहरुलाई, तत्काल कारवाही गर्दैस यो समयको सदुपयोग साच्चिकै नेपाली जनताको राष्ट्रवादी सरकारको बिरोध गरेर होइन, सहयोग गर्दै मार्ग निर्देशन गरी अघि बढ्ने छ भन्ने मलाई लाग्छ । देश र असल जनता जिबित रहेमा राजनीति त पछि पनि गर्न सकिन्छ नी !!