Breaking News

लेखापाल पाण्डेले जाजरकोट र रुकुमपश्मिका भूकम्प पीडितलाई एक महिनाको तलब सहयोग गर्ने प्रतिबद्धता

जाजरकोटमा गएको बिनाशकारी भुकम्पबाट अहिले जाजरकोट र रुकुमपश्चिम रोइरहेको छ । अहिलेसम्मको टाटा अनुसार करिब १५७ जनाको मृत्यु भएको छ भने १६३ जा घाइते भएका छन् । अझै पनि उद्दार कार्य जारी रहेको छ । जाजरकोट र रुकुमपश्चिमका भुकम्प पिडितलाई देशविदेशबाट सहयोग आइरहेको बेला भेरी अञ्चल अस्पताल नेपालगन्जमा कार्यरत लेखापाल नवीन कुमार पाण्डेले आफ्नो एक महिनाको तलब जाजरकोट र रुकुमका भुकम्प पीडित लाई सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

उनले आज साझ सामाजिक संञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, आफुले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पिडितलाई आफ्नो एक महिना बराबरको आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
पाण्डेले लेखेका छन्, बिनासकारी भूकम्पको कारण ले निम्ताएको कहाली लाग्दो बर्बर दृष्य भेरी अस्पतालमा कार्यरत हुनुको नाताले हेर्न बाध्य भए । त्यो कहाली लाग्दो प्राकृतिक बिपत्ततीलाई मैले गरेको सानो सहयोग त के हुन्थो र ? तर म कारुणिक दृश्यको साँचि भएको हिसावले मेरो एक महिनाको तलबभता बराबरको सहयोग गर्ने बाचा गर्दछु । उनी भन्छन्, भोली नै कुनै आधिकारिक निकाय मार्फत सहयोग प्रदान गर्नेछु । साथै सबैलाई सहयोगको लागी अपिल गर्दछु ।

लेखापाल पाण्डे अहिले भेरी अस्पतालमा कार्यरत भएर बिरामी हरुको उपचारका खटिरहेका छन् । उनी भन्छन्, दर्दानक परिस्थिति देख्दा मन समालिन सकेको छैन । लेखापाल पाण्डेले यो भन्दा पहिले पनि विभिन्न गरिब दुखी बेसहारा बिपत्ति आपत्ति परेको मानिसहरुको घाउमा मलमपट्टि लागाउदै आएका छन् ।