महेश बस्नेत र सर्वेन्द्र खनालको मुद्दा दिइएको सूचना पुष्टि हुने आधार फेला नपरेका तामेलीमा राखिएको छ

४ जेठ, काठमाडौं । केही समय अघि जनता समाजवादी पार्टी सांसद डा. सुरेन्द्र प्रसाद यादवले आफू अपरहण परे भनेर सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र निवर्तमान प्रहरी प्रमुख सर्वेन्द्र खनालविरुद्ध मुद्दा हालेका थिए । आज जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंल सो मुद्दालाई तामेलीमा राख्ने निर्णय भएको छ । सरकारी वकिलको कार्यालयले प्रहरी प्रतिवेदनका आधारमा यो निर्णय गरेको हो ।

काठमाडौंका सहन्यायाधिवक्ता नुमराज खनालले अपराधको सूचना दर्ता गर्दा दिइएको सूचना पुष्टि हुने आधार हालसम्मको अनुसन्धानबाट फेला नपरेको बताए । अहिलेलाई पछि प्रमाण फेला परे पुनः अनुसन्धान हुने गरी तामेलीमा राखेको बताइएको छ ।