एम्बुलेन्स काली नदीमा चालक व्यपत्ता

४ जेठ, म्याग्दी । मुस्ताङदेखि सुत्केरी लिन पोखरातर्फ आउँदै गरेको एम्बुलेन्स कालीगण्डकी नदीमा खसेको छ भने चालक भने बेपत्ता छन् ।

मुस्ताङको थासाङ गाउँपालिकाबाट पोखरातर्फ आएको १ झ ३११ नम्बरको एम्बुलेन्स म्याग्दीको रघुगंगा गाउँपालिका–२ रिठाबोट भन्ने ठाउँमा बेनी जोमसोम सडकबाट एक सय मिटर तल कालीगण्डकीमा खसेको थियो ।

एम्बुलेन्स चालक थासाङ गाउँपालिका–४ का सुजन बिक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायक उपरीक्षक डीएसपी किरणजंग कुवँरले जानकारी दिएका छन् ।

‘एम्बुलेन्सको केही अवशेष भेटिएको छ । बेपत्ता चालकको खोजिकार्य जारी छ,’ कुँवरले भने, ‘नेपाल प्रहरी, सेना र शसत्रको टोली खोजी कार्यमा लागिरहेको छ । सो एम्बुलेन्समा चालकमात्र रहेको बुझिएको छ ।