काठमाडौ। काठमाडौँ चन्द्रागिरिमा माटोको ढिस्कोमा पुरिएर रौतहटको एकजना पुरुषको मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिका–५ स्थित ढल खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर रौतहट ईशनाथ नगरपालिका–६ पल्टुवाका ४२ वर्षीय छोटेलाल साहको मृत्यु भएको हो।
निर्माण व्यवसायीबाट पीडित मृतक परिवारलाई ५ लाखको चेक र १ लाख नगद गरी ६ लाख क्षतिपूर्ति दिने गरी सहमति गराएको थियो।
रौतहट निर्वाचन क्षेत्र २ अन्तर्गत ईशनाथ नगरपालिका घर भएका मृतक साह लामो समयदेखि सपरिवार काठमाडौँ बसेर दैनिक ज्यालादारीमा काम गर्दै आएका थिए।