Breaking News

दुई जना युवाको कुटपिटबाट घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु

दुई जना युवाको कुटपिटबाट घाइते भएका सल्यानका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। जिल्लाको बागचौर नगरपालिका – ७ कोटबाराका २० वर्षीय घनश्याम वलीमाथि बागचौर– ८ स्यालाका २५ वर्षीय केशर वली र २३ वर्षीय सन्तोष वलीले कात्तिक ४ गते कुटपिट गरेका थिए।

घाइते घनश्यामको उपचारका क्रममा बुधबार बिहान भारतको लखनउमा मृत्यु भएको खबर प्राप्त भएको छ ।

कुटपिटमा संलग्नमध्ये सन्तोष पक्राउ परेका छन्। उनलाई दाङ प्रहरीको सहयोगमा बुधबार पक्राउपछि सल्यान ल्याइएको छ भने फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।