त्रिकोणात्मक टी-२० क्रिकेटमा हङ्कङले संयुक्त अरब इमिरेट्स (यूएई) हराएपनि फाइनल खेल्न पाएन

काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बुधबार काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा खेलिएको खेलमा हङ्कङले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६९ रनले हराएको छ । बुधबारको खेलपछि अङ्क तालिकामा नेपाल पहिलो, यूएई दोस्रो र हङ्कङ तेस्रो स्थानमा छन् ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको हङ्कङले निर्धारित ओभरमा तीन विकेट गुमाएर दुई सय १२ रनको विशाल स्कोर बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको यूएईले भने निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ४३ रनमात्र बनाउन सक्यो ।
GCI COLLEGE

पहिले ब्याटिङ गरेको हङ्कङका लागि दुई ब्याट्सम्यानले उत्कृष्ट अर्धसतकीय पाली खेले । ओपनर मार्टिन कोएट्जीले ८६ रन बनाए । आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल ५५ बलमा चार छक्का र १० वटा चौका पनि हिर्काए ।

Laxmi sunrise bank

बाबर हायातले पनि टोलीका लागि अविजित ६० रनको योगदान गरे । उनले केवल २० बलको सामना गरी पाँच छक्का र पाँच चौका हिर्काएका थिए । अन्शी राथले ४१ रन बनाए । उनले ३५ बलमा एक छक्का र दुई चौका प्रहार गरे ।

Shivam Cement

यूएईका बलर निलान्स केशवानी, सन्चित शर्मा र अकिपफ राजाले एक—एक विकेट लिए । जवाफी ब्याटिङमा ओर्लिएको यूएईका कुनै पनि ब्याट्सम्यानले अर्धसतक बनाउन सकेनन् । ओपनर खालिद शाहले सर्वाधिक ३५ रन बनाए ।

एलिसन सराफुले ३० रन जोडे । बासिल हमिदले टोलीको खातामा अविजित ३० रन थपे । सातौँ नम्बरमा क्रिज समाल्न आएका निलान्श केशवानीले पनि अविजित ३१ रन बनाए । हङ्कङका बलर एहसान खान, आयुष शुक्ला, नसरुल्ला राणा र यासिम मुर्तजाले एक—एक विकेट लिए ।

जारी त्रिकोणात्मक शृंखलामा लगातार चार खेल जितेको आयोजक राष्ट्र नेपाल आठ अङ्कसहित यसअघि नै फाइनलमा पुगिसकेको छ । चार खेल खेलेको यूएई दुई अङ्कसहित तालिकाको दोस्रो स्थानमा आसिन छ । समान चार खेलबाट दुई अङ्क जोडेको हङ्कङ तेस्रो स्थानमा छ । यूएई र हङ्कङको समान अङ्क भए पनि नेट रन रेटमा यूएई अगाडि छ ।