३० असोज, काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई छातीमा असहज महसुस भएपछि साँझ स्वास्थ्य जाँच गराउन नर्भिक अस्पताल पुगेका छन् । उनको एन्जिओग्राम गरिने भएको छ ।
उपचारमा संलग्न एक चिकित्सकका अनुसार प्रधानमन्त्री प्रचण्डलाई पेट र छातीको बीचमा अप्ठेरो महसुस भएको थियो । प्रधानमन्त्रीको मुटुको एन्जिओग्राम गरिने उनले जानकारी दिए । यो परीक्षणले मुटुमा रहेका नशाबाट रक्तसञ्चार भएको वा नभएको पत्ता लाग्नेछ ।
यो परीक्षणको रिपोर्ट आएपछि चिकित्सकहरुले प्रधानमन्त्रीलाई भर्ना गर्ने वा नगर्ने निर्णय गर्नेछन् ।
पछिल्ला दिनमा दौडधुप र तनावका कारण समस्या देखिएको हुनसक्छ’, प्रधानमन्त्री सचिवालय स्रोतले भन्यो, ‘के भएको हो कन्फर्म भएर जाऔं भनेर अस्पताल आएका हौं ।’