कोरोना भाइरसका संक्रमित थपिने क्रमसँगै एक जनाको मृत्यु , संक्रमित संख्या २८१ पुगेको छ

३ जेठ, काठमाण्डौ । नेपालमा शनिबार बिहान १० जना कोरोना भाइरस संक्रमित थपिएका थिए भने अहिले बेलुका ८ ः ५० मा स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थप तीन जनामा एक जनाको मृत्यु भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले शनिबार अहिले राति सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार धनुषाका २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै शनिबारमात्रै सो संख्यामा संक्रमित पुष्टि भएको हो ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २८१ पुगेको समेत बताइएको छ ।